Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध

२० बुधबार , असार २०८१४ महिना अगाडि

बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध

मनसुन भित्रिएसगंगै परेकाे अविरल वर्षाका कारण बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएकाे छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएकाे हाे ।

ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ  जाने सवारी साधन आवतजावत ठप्प भएको हाे । करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधन समेत रोकिएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिएका छन् ।

अहिले निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएकाे र वर्षा रोकिएपछि कोरिडोर खुलाउने प्रयास गरिने पनि प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिएका छन् । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोक मार्गमा समेत क्षति पुगेको बताइएकाे छ ।

उक्त मध्य पहाडी लोक मार्गमा भने पहिरो पन्छाएर सडक सञ्चालनमा आएको छ । वर्षाकाे कारण गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडी खोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको छ ।