Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नुनकाे भाउ ८ वर्षपछि बढ्याे

२० बुधबार , असार २०८१२ बर्ष अगाडि

नुनकाे भाउ ८ वर्षपछि बढ्याे

सरकारले नुनकाे भाउ ८ वर्षपछि बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनकाे सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो ।

बैठककाे निर्णयअनुसार यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य बढेर २६ रुपैयाँ प्रतिकेजी हुने भएको छ । यसअघि १८.५० रुपैयाँ रहेकाे थोक मूल्य प्रतिकिलो २३ रुपैयाँ पुर्‍याइएको छ । शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ भने भानु नुन किलो ९ रुपैयाँ पुगेको छ ।

अहिले नुनकाे मूल्य बढेपनि कम्पनीलाई भने अझै प्रतिकिलो ५ रुपैयाँ घाटा रहेकाे बताइएकाे छ । यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८.५० रुपैयाँमा बेचिरहेको थियो ।सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको बताइएकाे छ ।

अब बिस्तारै मूल्य समायोजन गर्दै घाटा नहुने अवस्थामा जाने योजना रहेको साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारी बताउँछन ।