Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

१९ मंगलबार , असार २०८१४ महिना अगाडि

डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमणबाट जोगिन आग्रह गरेको छ । बर्षायाममा डेंगुको संक्रमण उच्च रहने भएकोले मन्त्रालयले यसबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै डेंगुको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने र त्यसका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झयाल ढोकामा जाली हाल्न भनिएको छ ।

त्यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि ममला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि मन्त्रालयको अनुरोध छ ।

मन्त्रालयले डेंगु संक्रमण भएमा देखिने लक्षणबारे समेत जानकारी गराएको छ । डेंगु भएमा थकाई लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी तथा जोर्नी दुख्ने, वान्ता हुने र एक्कासी ज्वरो आउने मन्त्रालयले भनाइ छ । यस्तो लक्षण देखा परेमा तुरुन्तै अस्पताल जान समेत मन्त्रालयले सुझाव दिइएको छ ।