Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

‘फ्रि भिसा र टिकट’ मा विदेश पठाइएका कामदारको विवरण खोज्दै विभाग

१९ मंगलबार , असार २०८१२ बर्ष अगाडि

‘फ्रि भिसा र टिकट’ मा विदेश पठाइएका कामदारको विवरण खोज्दै विभाग

वैदेशिक रोजगार विभागले ‘फ्रि भिसा फ्रि टिकट’ मा विदेश पठाइएका कामदारको विवरण मागेको छ । विभागले एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारमा श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थालाई आगामी पन्ध्र दिनभित्र त्यस्तो विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

विभागले चालु आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगारमा श्रमिक विदेश पठाउँदा फ्रि भिसा फ्रि टिकटको प्रावधानबमोजिम पठाइएका कामदारको लिखित विवरण पेश गर्न भनेको छ ।

सूचनामा उल्लेख छ, ‘यस विभागबाट इजाजतपत्र प्राप्त संस्थाहरुले चालु आव २०८०/०८१ मा वैदेशिक रोजगारमा श्रमिकहरु विदेश पठाउँदा फ्रि भिसा फ्रि टिकटको प्रावधानबमोजिम कति श्रमिकहरु विदेश पठाइएको हो रु सोको लिखित विवरण तोकिएको ढाँचामा पन्ध्र दिनभित्र विभागमा पेश गर्न जानकारी गराइन्छ ।’