Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जुन महिनामा ७६ हजार भन्दा बढि पर्यटक नेपाल भित्रिए

१९ मंगलबार , असार २०८१४ महिना अगाडि

जुन महिनामा ७६ हजार भन्दा बढि पर्यटक नेपाल भित्रिए

जुन महिनामा मात्रै ७६ हजार भन्दा बढि पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को जुनमा मात्र ७६ हजार ७ सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएकाे नेपाल पर्यटन बोर्डले जानकारी दिएकाे छ ।

यसअघि सन् २०२३ को जुन महिनाको तुलनामा २०२४ को जुनमा ४ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएकाे अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले जानकारी दिएकाे हाे । सन् २०२३ को जुनमा ७२ हजार २ सय ५० पर्यटक नेपाल भित्रिएका थिए ।

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । भारतबाट मात्रै जुन महिनामा ३७ हजार ८ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएकाे छ । यस्तै, दोस्रोमा अमेरिकाबाट ८ हजार २ सय ८१, चीनबाट ७ हजार ४ सय ९४ जना पर्यटक नेपाल भित्रिएकाे बोर्डले जानकारी दिएकाे छ ।

त्यसैगरी बङ्गलादेशबाट ३ हजार ८ सय ५७, बेलायतबाट १ हजार ९ सय ६९, अष्ट्रेलियाबाट १ हजार ५ सय ८९, भुटानबाट १ हजार ६६, मलेसियाबाट १ हजार १४, जापानबाट ९ सय ५३ र दक्षिण कोरियाबाट ८ सय ७५ जना पर्यटन नेपाल भित्रिएकाे बताइएकाे छ ।

सन् २०१९ को जुनमा नेपालमा ७४ हजार ८ सय ८३ विदेशी पर्यटक आएका थिए भने सन् २०२४ सुरु भएयता नेपालमा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल भित्रिएकाे नेपाल पर्यटन बोर्डकाे तथ्यांकमा उल्लेख गरिएकाे छ ।