Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिरोकाे कारण मार्तडी–कोल्टी सडक अवरुद्ध

१९ मंगलबार , असार २०८१४ महिना अगाडि

पहिरोकाे कारण मार्तडी–कोल्टी सडक अवरुद्ध

मनसुन सुरू भएसंगैकाे अविरल वर्षाले पहिरो जाँदा बाजुरा जिल्लाको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । उक्त सडक खण्डकाे बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हाे ।

पहिरोकाे कारण मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिएका छन् ।

पहिराेले सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएकाे र मानिस आवतजावतमा समेत समस्या भएको बताइएकाे छ ।