Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्धकाे रिटकाे सुनुवाइ आज हुने

१९ मंगलबार , असार २०८१४ महिना अगाडि

उपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्धकाे रिटकाे सुनुवाइ आज हुने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेकाे रिट निवेदनकाे सुनुवाइ आज हुने भएको छ । गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको हाे ।

गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले लामिछानेलाई पदबाट निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राख्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको बताइएकाे छ ।

यसअघि असार ७ गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए । गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १८ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैकोमा राखिएकाे थियो ।

अधिवक्ता भट्टराईद्धारा जारी रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्न सक्ने भन्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ ।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

महान्यायाधिवक्ता पोखरेलकाे उक्त पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्याय प्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने भएकाले उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न समेत माग गरिएको छ ।