Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राेल्पामा जिप दुर्घटनामा परि सात जनाको मृत्यु

१९ मंगलबार , असार २०८१४ महिना अगाडि

राेल्पामा जिप दुर्घटनामा परि सात जनाको मृत्यु

रोल्पाकाे माडीबाट तालावाङ तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उक्त दर्घटनामा परि पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको हाे ।

कुल १५ जना यात्रुहरु सवार रहेको जिपका चालकसहित ८ जना घाइते भएकाे राेल्पा जिल्लाकाे प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले बताएका छन् । सोमबार साँझ लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानामा सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियाे ।

पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप ब्याक गर्ने क्रममा भिरबाट तल खसेको बताइएकाे छ । उक्त दुर्घटनमा परि मृत्यु हुनेहरूमा माडी गाउँपालिका वडा नम्बर ३ तालबाङकी ३३ वर्षाीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, सोही वडाकी ३० वर्षीया अमृता घर्ती उनकी १८ महिनाकी छोरीको मृत्यु भएको छ ।

त्यसैगरी परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ भने दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई अन्यत्र अस्पताल रिफर गरिएको र घाइते खगेन्द्र बाँठाको रोल्पामै उपचार भइरहेकाे बताइएकाे छ ।