Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

एसईई नतिजामा पुनर्योग गर्नेसँग निवेदन माग

१८ सोमबार , असार २०८१२ बर्ष अगाडि

एसईई नतिजामा पुनर्योग गर्नेसँग निवेदन माग

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझी पुनर्योग गराउन चाहनेसँग निवेदन मागेको छ । बोर्डले एक सूचना गरी गर्दै प्राप्त ग्रेडमा चित्त नबुझेर पुनर्योग गराउन चाहेमा असार ३१ गतेसम्म निवेदन दिन सकिने बताएकाे हो ।

बाेर्डकाे सूचनामा उल्लेख छ, ‘२०८० सालको नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा अनलाइन फाराम भरी मिति २०८१ असार ३१ गतेसम्म निवेदन दिनहुन जानकारी गराइन्छ ।’ अनलाइन फाराम भर्ने प्रक्रियाबारे बोर्डको फेसबुक पेजमा राखिएको छ । यससम्बन्धी थप जानकारी समेत बोर्डबाट प्राप्त गर्न सकिने छ ।

गत चैत १५ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमित र ग्रेडवृद्धितर्फ गरी ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले असार १३ गते सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा २ लाख २२ हजार ४ सय ७२ जना मात्र उत्तीर्ण भएका छन् ।

२ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीको ‘ननग्रेड’ (एनजी) आएको छ । एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेकाे छ ।