Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महानगरपालिकाले अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्वील चेयर दियाे

१८ सोमबार , असार २०८१४ महिना अगाडि

महानगरपालिकाले अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्वील चेयर दियाे

काठमाडौं महानगरपालिकाले अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्वील चेयर प्रदान गरेको छ । महानगरले महानगरभित्र स्थायी बसोबास गर्ने अपांगता भएका २५ जनालाई ह्वील चेयरसहित ११ जनालाई कमोट चेयर तथा अपांगता सहायता सामग्री उपलब्ध गराएको हो ।

वडाबाट सिफारिस भएका सबै प्रकारको अपांगता भएका व्यक्तिका लागि निःशुल्क रुपमा उक्त सामग्री उपलब्ध गराएको महानगरले जनाएको छ । यसरी प्रदान गरिएका सहायक सामग्रीमा वकर, सेतो छडी, कमरपेटी, डाइपर, इलेक्ट्रिक हट व्यागलगायत रहेको छ ।

त्यस्तै, फुटबल, क्यारिम बोर्ड, ब्याटमिटन, बास्केट बल, ह्याण्ड बल, क्रिकेट बल, व्याट, टेडी वियर, रबरको घोडाजस्ता खेल सामग्री पनि वितरण गरिएको छ । सामग्री वितरण गर्नुअघि उनीहरुलाई प्रयोगको विधि समेत सिकाइएको महानगरले जनाएको छ ।

महानगरका अनुसार सबै प्रकारको अपांगता भएका व्यक्तिका लागि यसरी सामग्री बाँडिएको यो पहिलो पटक हो । महानगरकी सामाजिक विकास विभाग प्रमुख विमला कोइरालाले अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै छिट्टै फिजियोथेरापीसहितको सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइन् ।

उनले भनिन्, ‘फिजियोथेरापीसहितको सहयोग कार्यक्रम सञ्चालन गर्ने हाम्रो अबको योजना हो । यसले जसले जस्तो खालको सहयोग माग गर्नुहुन्छ । उहाँहरुलाई वडाको सिफारिसमा त्यस्तै सहयोग उपलब्ध गराउने छौँ ।’