Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घरजग्गा कारोबार बढ्दै, १ अर्ब १९ करोड राजस्व संकलन

१८ सोमबार , असार २०८१४ महिना अगाडि

घरजग्गा कारोबार बढ्दै, १ अर्ब १९ करोड राजस्व संकलन

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार पछिल्लो समय घरजग्गाको कारोबारमा बृद्धि हुन थालेको छ । घरजग्गाको कारोबारमा बृद्धि हुन थालेसंगै बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा बृद्धि भएको र सरकारलाइ १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको हाे ।

देशभर घरजग्गा कारोबार बढ्दै गएको विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्यांकमा उल्लेख गरिएकाे छ । नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो ।

यता कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले घरजग्गा रजिष्ट्रेसन संख्या ३२.९ प्रतिशतले बढेको देखाएको छ । आर्थिक वर्ष २०८०।८१ अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबारमा बढेको देखाएको हो ।

घरजग्गाको कारोबारमा बृद्धि भएसँगै मालपोत कार्यालयमा रजिष्ट्रेसन गर्नेको संख्या पनि बढेको बताइएकाे छ । यसबापत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको र यो अवधिमा सरकारलाइ अरवाैं राजस्व संकलन भएको तर, अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भएको थियो ।

राष्ट्र बैंकका अनुसार रियल स्टेट र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामा प्रवाह बढिरहेको छ । कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासिय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूले ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेकोमा व्यक्तिगत र यसबाहेकका घरजग्गा कर्जामा मात्रै ६ खर्ब ३८ अर्ब ३० करोड ६७ लाख रुपैयाँ बराबरको प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएकाे छ ।