Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशका विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

१८ सोमबार , असार २०८१४ महिना अगाडि

देशका विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

आज देशकाे विभिन्न भागमा भारी बर्षाकाे सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे छ । कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे हाे ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरैजसाे भू-भागमा भारी र अति वर्षाको सम्भावना रहेकाे छ । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएकाे छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाे छ । त्यस्तै राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आजदेखि चार दिनसम्म देशभर मनसुन सक्रिय रहँदा धेरै स्थानमा वर्षाको सम्भावना रहने महाशाखाकाे भनाइ रहेकाे छ । भारी र अति वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।