Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

स्केटिङ तथा स्केट बोर्डिङ संघको जर्सी सार्वजनिक

१७ आइतबार , असार २०८१४ महिना अगाडि

स्केटिङ तथा स्केट बोर्डिङ संघको जर्सी सार्वजनिक

स्केटिङ्ग तथा स्केट बोर्डिङ संघको आयोजनामा बाग्मती प्रदेशको जर्सी सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलमा एक कार्यक्रम आयोजना गरि जर्सी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष विकास लामा, सुमन कट्टेल, सह-सचीव माईकल प्रजा ,कोषाध्यक्ष अनिश बानियाँ लगायत पदाधिकारीहरुको उपस्थितिमा  खेलाडीहरुलाई जर्सी वितरण गरिएको थियो । कार्यक्रममा स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले  अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा अध्यक्ष श्रेष्ठले जोड दिएका थिए ।

'स्केटिङ साहसिक खेल भएकाले पर्यटन प्रबर्द्धनमा समेत मद्दत पुग्ने बताईएको छ  । यस खेललाई सरकारले थप हौसला र सहयोग गर्दै जाँदा राष्ट्रलाई खेलबाट टेवा पुग्ने भएकोले  स्केटिङ खेललाई जिल्ला ,प्रदेश  स्तरबाट नै बिकास गर्दै जानू पर्ने उपाध्यक्ष बिकाश लामाले बताए ।

कार्यक्रममा विभिन्न कम्पनीहरुले प्रायोजक गरि स्केटिङ्ग तथा स्केट बोर्डिङ खेललाई बिकास गर्दै लैजाने ह्वाइट रयाबिट स्टुडियोका संचालक विवेक शर्माले बताए । कार्यक्रममा गाबहाल डेन्टल क्लिनिक ,फिउचर फाउन्डेर, क्लब डाइनामिक, रसुवा सन्साइन ग्रेस हाउसका संचालकहरुको समेत उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ बागमती प्रदेशले बाग्मती प्रदेशमा विभिन्न खेल आयोजना गर्ने तयारी समेत गरिरहेको बताएको छ ।