Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालमा बायो अर्गानिक (जैविक) मल उत्पादन सुरु

१७ आइतबार , असार २०८१४ महिना अगाडि

नेपालमा बायो अर्गानिक (जैविक) मल उत्पादन सुरु

पछिल्लो समय नेपालमा देखिएको रासायनिक मलको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले नेपालमा बायो अर्गानिक (जैविक) मल उत्पादन सुरु गरिएको छ । रासायनिक मलको समस्यालाई न्यूनीकरण गर्न आरोह फर्टिलाईजर्स प्रा.लि.ले बायो अर्गानिक (जैविक) मल उत्पादन सुरु गरेको हो ।

आरोह फर्टिलाईजर्सले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग विभागको स्वीकृति लिएर बायो अर्गानिक मलको उत्पादन सुरु गरेको बताईएको छ । कम्पनीले तीन किसिमको मल उत्पादन सुरु गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको मलमा आरोह वायो पी.आर.ओ.एम., आरोह वायो कम्पोस्ट, आरोह वायो पोटास, आरोह वायो अर्गानिक फर्टिलाईजर रहेका छन् । कम्पनीले दानेदार र झोलका रूपमा उत्पादन सुरु गरेको बताएको छ ।

रासायनिक मलको जथाभाबी प्रयोगले माटोको उत्पादन क्षमता घट्दै गई मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने र मलको लागि परनिर्भरताको अवस्थाको अन्त्य गर्न अर्ग्यानिक मलको सुरुवात गरिएको कम्पनीका अध्यक्ष सैलेन्द्र शम्सेर जबराले बताएका छन् ।

कम्पनीले ‘हरियो नेपालतर्फ एक पाइला’ भन्ने नाराको अवधारणा अनुसार उक्त मल वातावरण मैत्री, माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको उनको दाबी समेत गरेको छ ।