Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कर्मचारीको कृषि मन्त्रालयमा धर्ना

१७ आइतबार , असार २०८१४ महिना अगाडि

कर्मचारीको कृषि मन्त्रालयमा धर्ना

कर्मचारीहरूले वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्ना दिएका छन् । उनीहरूले आइतबार बिहानै मन्त्रालय अगाडि धर्ना दिएका हुन् ।

कृषि क्षेत्रमा विगत १७ वर्षदेखि काम गरेका कर्मचारीको बढुवा नभएको र अझै बढुवा हुने सम्भावना नरहेकाले आन्दोलन गर्नु परेको कर्मचारीहरूले बताएका छन् । उनीहरूले यसअघि (कृषि विकास) मन्त्रालयका सचिव डा. दीपककुमार खराललाई सामूहिक बिदा बुझाएका थिए ।

यसअघि २०७५ मन्त्रालयमा रा.प.प्र. प्राविधिक कृषितर्फ दरबन्दीमा २२ र पुलमा ५ जना गरी २७ जना, रा.प.द्वि. प्राविधिक कृषितर्फ दरबन्दीमा ८१ र पुलमा १०१ गरी १८२ जना, रा.प.तृ. प्राविधिक कृषितर्फ दरबन्दीमा १७३ र पुलमा १२७ गरी ३०० जना कर्मचारी समायोजन भएको थियो । त्यसरी समायोजन भएका केही कर्मचारी वृत्ति विकास बिनै अवकाश भैसकेको समेत कर्मचारीहरुको भनाई रहेको छ ।