Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विपद्जन्य घटनामा परेर तीन दर्जन बढीले ज्यान गुमाए

१७ आइतबार , असार २०८१४ महिना अगाडि

विपद्जन्य घटनामा परेर तीन दर्जन बढीले ज्यान गुमाए

मनसुनसंगैको अविरल वर्षाका कारण मुलुकको विभिन्न क्षेत्रको विपद्जन्य घटनामा परेर झन्डै तीन दर्जनको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको थियो भने दाङमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती र स्याङ्जामा आमाछोरीको मृत्यु भएको हो ।

त्यसैगरी दाङको राजपुर गाउँपालिका–२ मटेरियाकी ३९ वर्षीया भूमिसरा बुढा मगरको चट्याङ लागेर मृत्यु भएको छ । उक्त घटनाहरुमा ३ जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ । 

हालसम्म यस वर्षको मनसुन सुरु भएपछि विपद्जन्य घटनामा परि ३८ जनाले ज्यान गुमाइसकेका छन् ।