Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साउन १ गतेदेखि मागपत्रको प्रमाणीकरण अनलाइनबाट

१७ आइतबार , असार २०८१४ महिना अगाडि

साउन १ गतेदेखि मागपत्रको प्रमाणीकरण अनलाइनबाट

अब वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गतेदेखि अनलाइन प्रणालीबाट हुने भएको हो ।

शुक्रबार विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उक्त कुराको जानकारी गराउदै सोहि अनुसार गर्न निर्देशन दिएका थिए । रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने र सेवाप्रवाह प्रभावकारी हुने उनको भनाई रहेको छ ।

नयाँ व्यवस्थाअनुसार सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गर्न लागेको हो । सोहिअनुसार खाड़ीमुलुक एवं मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशमा रहेका नेपाली राजदूतावासले साउन १ गतेदेखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइनमार्फत गर्नुपर्ने मन्त्री श्रेष्ठले बताएका छन् ।

समस्यामा परेका नेपाली नागरिकको खोजतलास,उद्धार,ज्यान गुमाएकाको शव झिकाउने,राहत एवं क्षतिपूर्ति,गुनासो सम्बोधनलगायतका सम्पूर्ण काम अनलाइन सेवाबाट सबै नियोगले अनिवार्य रूपमा प्रयोग गर्न समेत परराष्ट्रमन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।