Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फुटुङ्ग सरोकार मञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न,

१७ आइतबार , असार २०८१४ महिना अगाडि

फुटुङ्ग सरोकार मञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न,

काठमाडौँ । रक्तदान जिवनदान भन्ने मुल नाराको साथ राष्ट्रिय धान दिवसको अवसर पारेर आज शनिबार बिहान ९ बजे फुटुङ्ग मा.वि, फुटुङ्ग काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । फुटुङ्ग सरोकार मञ्चको आयोजना तथा गु्रपअफ फुटुङ्गको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौँँ निर्वाचन क्षेत्र नम्बर ६बाट निर्वाचित संघिय सांसद शिशिर खनाल र विशिष्ट अतिथिका रुपमा काठमाडौँँ निर्वाचन क्षेत्र नम्बर ६(ख)बाट निर्वाचित बागमती प्रदेशका सांसद अमन मास्केको सहभागिता रहेको थियो ।सहभागिता रहेको थियो । सहभागि १२५ जना मध्ये १०० जनाले रक्तदानमा भाग लिएका थिए ।  

हिमाल ब्लड ट्रासफिउसन सेन्टरले सो रक्तदान कार्यक्रममा चिकित्सकिय सहयोग गरेको थियो । रक्तदान कार्यक्रममा दारी ग्याङ्गका सदस्यहरुको बाक्लो उपस्थिती रहेको कुरा दारी ग्याङ्गका सदस्य प्रवीण ज्ञवालीले बताए ।