Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एसईईमा फेल भएपछि छात्रद्धारा आत्महत्या

१५ शुक्रबार , असार २०८१४ महिना अगाडि

एसईईमा फेल भएपछि छात्रद्धारा आत्महत्या

दोलखामा एक छात्राले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेल भएपछि आत्महत्या गरेकी छन् । गौरीशंकर गाउँपालिका–२, जुँगुकी १७ वर्षीया जेनिसा बुढाथोकीले आत्महत्या गरेकी हुन् ।

स्थानीय निल कण्ठेश्वर माध्यमिक विद्यालयबाट एसईई दिएकी उनले परीक्षामा अनुतीर्ण भएपछि हिजो साँझ आफ्नै घरको माथिल्लो तल्लामा सलको पासो लगाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याइएको छ । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जानकारी दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो बिहान एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।

गत चैत १५ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ६४ हजार ७८५ जना सहभागी भएकोमा दुई लाख २२ हजार ४७२ विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । त्यस्तै, दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीको ननग्रेड (एनजी) आएको छ ।