Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

गरिब, असहाय तथा विपन्नलाई निःशुल्क इन्डक्सन चुल्हो

१५ शुक्रबार , असार २०८१२ बर्ष अगाडि

गरिब, असहाय तथा विपन्नलाई निःशुल्क इन्डक्सन चुल्हो

भक्तपुरमा गरिब, असहाय तथा विपन्न नागरिकलाई निःशुल्क इन्डक्सन चुल्हो वितरण गरिएको छ । भक्तपुर नगरपालिका वडा नम्बर, २ का आर्थिक रुपमा कमजोर अवस्था भएका गरिब, असहाय तथा विपन्न स्थानीय नागरिकलाई निःशुल्क रुपमा विद्युतीय चुल्हो प्रदान गरिएको हो ।

वडाध्यक्ष हरिप्रसाद बासुकलाले आज एक कार्यक्रमका बीच ६० जना स्थानीय बासिन्दालाई इन्डक्सन चुल्हो प्रदान गरेका हुन् । उनले नगरपालिकाबाट उत्पादित मल, बीउबिजन समेत स्थानीय कृषकहरुलाई आवश्यकताअनुरुप निःशुल्क रुपमा वितरण गर्दै आइरहेको जानकारी दिए ।

वडाध्यक्ष बासुकलाले आफुहरु जनताको सेवामा सक्रिय रहेको उल्लेख गर्दै भक्तपुरको  विकास निर्माण एंव सम्पदा पुनर्निमार्णमा स्थानीयको सहभागिताले झनै जनविश्वास र अपनत्व बढ्ने पनि बताए ।