Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इन्दिरा गान्धी विमानस्थलको छत खस्दा एक जनाको मृत्यु

१५ शुक्रबार , असार २०८१४ महिना अगाडि

इन्दिरा गान्धी विमानस्थलको छत खस्दा एक जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा एकजनाकाे मृत्यु भएकाे छ । भारी वर्षापछि शुक्रबार बिहान उक्त विमानस्थलकाे छत खसेकाे थियाे ।

विमानस्थलको टर्मिनल भवनको छत खस्दा अरू ८ जना घाइते भएका छन् । भारी वर्षापछि विमानस्थलको टर्मिनल–१ को छत खसेकाे हो भने छतले केही ट्याक्सी र गाडी पनि थिचिएका छन् ।

अहिले भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडू घटनास्थल पुगेकाे र घाइतेको उद्धार भइरहेकाे छ । दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भारी वर्षाका कारण भवनको बाहिरी हिस्सा भत्किएको जनाउँदै भारी वर्षाका कारण उडान समेत रद्ध गरिएको बताइएकाे छ ।