Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

छात्रवृत्तिमा अध्ययन गर्न चाहनेका लागि आवेदन माग

१५ शुक्रबार , असार २०८१४ महिना अगाडि

छात्रवृत्तिमा अध्ययन गर्न चाहनेका लागि आवेदन माग

काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिमा अध्ययन गर्न चाहनेका लागि आवेदन माग गरेकाे छ । महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको हाे ।

महानगरपालिकाले कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार १५ गतेदेखि आवेदन खुला गरिने जनाएको छ । आवेदन असार २९ गतेसम्म अनलाइनबाटै दिन सकिने र आवेदन दिएका छात्रछात्राको परीक्षा साउन ४ गते लिने कार्यतालिका महानगरले सार्वजनिक गरेको छ ।

छात्रवृत्ति परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैक्ल्पिक वस्तुगत प्रश्न हुनेछ भने विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र महानगरले पछि सार्वजनिक गर्ने जनाएको छ ।