Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रामेछापमा बस दुर्घटना, सातजना घाइते

१५ शुक्रबार , असार २०८१४ महिना अगाडि

रामेछापमा बस दुर्घटना, सातजना घाइते

रामेछापबाट काठमाण्डाैँ आउँदै गरेको अरनिको यातायातको बस रामेछापको लिखु तामाकोसीमा दुर्घटना भएकाे छ । बा ५ ख ५६२५ नम्बरको अरनिको यातायातको बस  अाज बिहान लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिएका छन् । उनकाअनुसार दुर्घटनामा ७ जना यात्रु घाइते भएकाे र घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।

घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल लैजाने तयारी गरिरहेकाे बताइएकाे छ भने घटनाको थप विवरण आउन बाँकी छ । उक्त यात्रुवाहक बसमा २५ जना सवार रहेको बताइएको छ ।