Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिन्धुपाल्चोकमा भूकम्पकाे धक्का

१५ शुक्रबार , असार २०८१४ महिना अगाडि

सिन्धुपाल्चोकमा भूकम्पकाे धक्का

गएराति साढे १ बजे सिन्धुपाल्चोककाे हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे ४.२ म्याग्निच्युडको भुकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएकाे भएपनि भूकम्पले के-कति क्षति पुग्याे भन्ने विवरण अहिलेसम्म आएको छैन । केहि वर्षदेखि वर्षायाम सुरू भएसंगै सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ ।

यसअघिकाे २०७२ सालमा गएकाे महाविनाशकारी भूकम्पका कारण ठुलाे जनधनकाे क्षति भएकाे थियाे भने उक्त भुकम्पकाे कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविद्हरूले गरेका छन् ।