Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हामीले पीडा भोग्दै आएका छौँ

१४ बिहिबार , असार २०८१४ महिना अगाडि

हामीले पीडा भोग्दै आएका छौँ

–सुरेशकुमार पाण्डे  -  -  -

संसारमा कसैले नभोगेको पीडा हामी नेपाली समुदायले भोग्दै आएका छौँ ।
सानो देश र थोरै जनसंख्या भएको देश नेपालमा प्राकृतिक बनावटलाई नियाल्दा स्वर्गतुल्य छ ।हिमाल पहाड र तराई,हरियो बन,पानीको संसारमा दोस्रो नम्वरको देशपनि भन्निन्छ ।हिमालयको काखमा रहेको यो देश चिसो बतास र राम्रो मौसमी बातावर्णमा हुर्किएका नेपालीहरू ।आफ्नै देशभित्र जिवन यापन गर्नसक्ने वाताबरण बन्न नसक्दा हामी संसारको कुनाकुनामा पुग्न बाध्य भएकाछौँ ।
रूढिवादी परमपरा र कुसँस्कारको आदि भएकोले होला साराजिवन नर्कतुल्य बाँचेर पनि मरेपछि स्वर्गको सपना बुनेका हुन्छौँ ।
आजपनि खाडिमुलुकमा ५०डिग्रिको तापमान झेल्न बाध्य भएकाछौँ ।चिसो हावा पानीमा हुर्किएका हामि नेपालीहरू खाडिमूलुकको अघात गर्मि सहन नसकेर कयौँको हृदयघातबाट मृत्यु भएको छ । टाडा नजाउँ छिमेकी मुलुकमा दक्षिण भारत तिर कयौं नेपालीहरू हृदयघात वा आत्महत्याको घटनाहरू घटिरहेका हुन्छन् ।
हाम्रा पूर्वजहरूले नेपाल मुलुकमा बञ्जर भूमिलाई आवाद बनाएर दुःख सुख्ख स्वाभिमानी भएर बाँचेका थिए । बन् जङ्गलका गिठा तरूल लगायतका कण्ठमूल खाएर भएपनि देश जोगाए ।स्वाभिमानको रक्षागर्न सफल भए ।पछि जब विदेशमा धन कमाउँन जानथाले ।
खासगरी सन १८१५÷१६ देखी आर्काको देश छिमेकमा पुगेर त्यो देशको लागि आफ्नो जवानीको अमूल्य समय खर्चिंदै आएका छौँ ।गोरखा भर्ति केन्द्र खोलेर बिदेशीको सडयन्त्रमा होनहार युवाहरूलाई उनिहरूले आफ्नो देशको रक्षागर्नका लागि गोर्खा फौज खडागराए ।
यो सम्झौता अंग्रेजी शड्यन्त्रको परिणाम नै थियो ।
छिमेकी मूुुक भारतलाई आफ्नो गुलाम बनाएको अंग्रेजले नेपालमा आकारमण नगरेको होइन् ।तर जब खलङ्गाको नालापानीमा युद्धभयो त्यसपछि अंग्रेजहरू नेपालीहरूको विरता देखेर आफ्नो योजना बदल्न बाध्य भए ।
नेपालीहरू सँग लडेर होइन बरू नेपालीहरूलाई आफ्नो मूलुकको रक्षा र विकासको लागि खटाएर, उपयोग गरेर धेरै फाइदा लिन सकिन्छ । भन्ने उनिहरू लाई लाग्यो त्यसैको परिणाम उनिहरू नेपाली सँग लड्नु भन्दा सम्झौता गर्नपुगे ।आधुनिक हतियारले लेश अंग्रेजहरूको मुकाविला आँसी बञ्चरा र खुकुरीले गर्ने नेपाली महिंला र वृद्धहरूलाई देखेर अंग्रेजले त्यो जोस जाङ्गर र बललाई आफ्नो पोल्टामा पार्न योजना बनाउँन थाले ।
नेपालीहरूको पौरख कसोगरी चुस्ने?अंग्रेज सरकारको यही सोंचले सुगौलीमा सन्धि भयो ।र गोर्खा भर्ती केन्दरको सुरूवात भएको हुँनुपर्छ ।
जङ्गबहादुरको बफादारीले पछि नयाँ नेपाल जस्लाई भित्रि मधेश भनिन्छ फिर्ता भयो ।त्यो सन १८१५÷१६को सुगौलीमा भएको सन्धिबाट अंग्रेजहरूले कब्जागरेको मध्यको भुभाग थियो ।
यसरी बृटिस हुकुमतले नेपालका तत्कालिन असन्तुष्ट भएका नेपाली साशकहरूलाई समेत सन्तुष्ट गर्ने प्रयात्न गर्यो ।अंग्रेजले नेपाल देशलाई सुनको अण्डादिने मुर्गा जस्तै ठान्दथ्यो । तरपछि नेपाली जनताहरू दुइभागमा बिभाजित भए ।राणा सरकार पक्ष ब्रिटिसको सेवा गर्न थाल्यो ।तर नेपाली जनताले स्वधिन भारतको आन्दोलनलाई समर्थन गर्यो ।यसरी नेपालीहरूको भारतिय जनताको मुक्ति आन्दोलन र सरकारि पक्ष अंग्रेज मैत्रि बन्न पुग्यो ।
परिणाम नेपाली जनतालाई एकातिर अंग्रेज र देशभित्र राणाहरूले यातना दिनथाले ।जब भारत स्वतन्त्र भयो त्यसपछिको नेपाल सँग गरेको त्रिपक्षिय सम्झौतामा पनि नेपाल सँग गरेका तमाम सन्धि सम्झौता र कवुलियतनामा खारेज भएकाछन् ।
सन १९५०मा भएको सन्धिले नेपालमा यो भन्दा अंघिका सबैखाले सन्धि सम्झौता र कवुलियत नामालाई खारेज गरेको देखिन्छ ।तर व्यबहारमा त्यो लागुभयन ।वा नेपाली शासकहरूको दब्वुपनले त्यो भुभाग भारतले दिएन ।
भारत सन१९४७मा आजाद भएपछि सन१९४९मा चीनमा नौलोजनवादी क्रान्ति काम्रेड माओको नेतृत्वमा सम्पन्न भयो ।
अब हाम्रो देश एकातिर स्वतन्त्र भारत अर्को तिर गणराज्य चीनको बिचमा कहिले कता कहिले कता कोल्टेफेर्दै आएको छ ।चीन भन्दा नजिक नेपाली समाजले भारतलाई मान्दै आएको तथ्य छ । त्यसैको फाइदा उठाएर भारतिय साशकहरूले नेपाल र नेपालिहरूको भैदोहन गर्दै आएको कुरा कसैबाट लुकेको छैन । नेपालीहरू वीर छन् बहादुर छन् र मालिकका बफादार छन् ।भन्नेकुरा बुझेका भारतिय धनान्ढ्याहरूले नेपालीलाई आफ्नो शुरक्षा,देशको शुरक्षा र घरको देखरेख र घरेलु कामका लागि उपयुक्त ठाने ।
उनिहरू आफैले तोकेको ज्यालामा सक्यसम्म कजाउँदै आएकाछन् ।नेपालीहरू मार्न र मर्न नडराउँने बलिया र बफादार हुन्छन् ।उनिहरूलाई पेटभरी खान दिए मालिकको लागि जेपनि गर्न पछिपर्दैनन् भन्ने बुझेर त्यही प्रकारले कजाउँदै आए ।शासकहरू भोका र लोभी उनिहरूलाई कलो दिएपछि दुम हल्लाउँदै नतमस्तक हुन्छन् भन्ने पनि बुझेका छन् ।
शान्ती तथा मैत्रि सन्धिले एकातिर भारतिय जनता देशमा आउँन,किर्षि र बाणिज्यमा भागलिन राम्रो नोकरी र व्यपार व्यबसाय गर्न पाउँने भए । त्यो मात्रै होइन देशमा आफ्ना नागरिकहरू घुसाएर देश अल्पमतमा पार्नपनि धेरै सजिलो हुनेभयो ।सन्धिको धारा सातनुसार नेपाली जनतालाई सस्तो कमैया बनाउँन पनि उनिहरूलाई छुट हुँनेभयो । तर सन्धिको धारा आठलाई उनिहरूले लागु नै गरेनन् ।
हाम्रो समाज विवेकसिल बन्नैसकेन ।मारधाड गर्ने,रक्सी,मासु र जुवाले पनि समाजलाई कम्जोर बनायो ।साथै जातिय बिभेदले गर्दा पनि हाम्रो बिचमा बलियो एकता हुँनसकेन ।त्यसबाहेक हाम्रो समाजमा बिभिन्न खाले धार्मिक सामाजिक कुरिती,र कुसँस्कारहरूले गर्दापनि समाज एकढिक्का हुन सकिराखेको छैन् ।
अहिले देशभित्रको राजनीतिक गतिबिधिले झन समाजलाई टुक्रा÷टुक्रा पारेको छ ।हुँनुपर्ने राजनीतिक आन्दोलन् राष्ट्रियता र जनताको लागि हो ।तर कतिपय अवसरबादीहरूले आफ्नो पेसा र क्यारियरको लागि प्रयोग गर्दै आएकाछन् ।
देशमा सयौँ जात–जाती र धर्मावलम्विहरूको भिड छ ।तरपनि हिन्दु धर्मलाई पुनः स्थापित गर्न प्रयात्न गर्दैछन् । देशमा तमाम कम्जोरीहरू लाई सुधार्नुपर्ने छ ।बिदेशमा खास गरेर बोर्ड, निगमबाट रिटार्यड भएका कर्मचारीहरू र उनिहरूका आश्रित पेन्सिन् लिन जान नसकेर पेन्सिनको मायाँ नै मार्न बाध्य भएकाछन् ।त्यसको बारेमा कुनै माइकालालले उनिहरूको मर्म बुझेर पिन्सिन स्वदेशमै मिल्ने बातावरण बनाउन प्रयत्न गरेन।नागरिकताको आस बोकेर चिहान डांडासम्म कयौँ पुगे तर नागरिकता पाएनन्।आर्काको देशमा काम खोजेर निमेक गर्ने त्यहाँबाट लिएर आएको पैसाले उनिहरूले गरेको उत्पादित् बस्तु नै किन्ने चलन छ । देश बिदेशीको मण्डि र देशका होनहार युवा बिदेशीको रैती बन्न बाध्य भएकाछन् । देशमा भयको प्रकृतीक सम्पदा बिदेशीले सित्तैमा नेताहरूलाई लोलिपोप दिएर रित्तायो।
देशभित्र श्रोत साधन नभएको होइन।तर नेताको नियति नभयपछि जनताहरूको समस्य समाधान हुन नसकेको हो।
अहिले देशभित्र धेरैजसो घर परिवारहरूमा बिचल्लि छ । अराजकता फैलिएको छ।त्यो सबैको श्रेय सरकारलाई जान्छ।देशभित्र रोजगार छैन।रोजगारका लागि बिदेश जानुपर्यो घरमा स्वास्नी एक्लै वा उनिहरूले बच्चा पढाउँन सहरमा डेरागरेर बसेकाछन्।यसरी एकातिर बुढाबुढी आमा बाको रेखदेख गर्ने मानिस छैन । उनिहरूको बिचिल्ली छ।आर्को तिर श्रमितीलाई अर्कैले लिएर हिंड्दििन्छ । यदि सानोतिनो देशभित्रै रोजगार हुन्थ्यो भने यस्ता समस्या न्यून् हुनेथिए ।
सरकारले सबैभन्दा पहिले देशबाट सङ्घियता खारेज गरेर देशको अनावस्याक खर्चमा कटौती गर्ने र युवाहरूलाई आफ्नै देशमा रोजगारको व्यबस्था गर्नुपर्छ  । तबमात्र देशले उन्नती गर्छ।देशभित्र बिकास हुन्छ । देश सधैभरिका लागि आत्मानिर्भर बन्न सक्छ।देशको बिकास ,बिदेशीएका युवाहरू देशभित्र फिर्ता गरेर झिना मसिना रोजगार आफ्नै देशमा उपल्बद्ध हौस् भन्ने देशका जनताहरूको चाहाना हो।तर सरकार जुनसुकैको आएपनि उपरोक्त बिषयलाई उपक्षा गर्दै आएको देखिन्छ ।