Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

२ सय २० विद्यार्थीको एसईई परीक्षा रद्द

१४ बिहिबार , असार २०८१४ महिना अगाडि

२ सय २० विद्यार्थीको एसईई परीक्षा रद्द

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएकामध्ये २ सय २० जना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षा आचरण विपरीत कार्य गरेका विभिन्न १३ वटा जिल्लाका २ सय २० जना विद्यार्थीको परीक्षा रद्द गरेको बोर्डले जनाएको छ ।

जसअनुसार दैलेखमा एक, काभ्रेमा दुई, जाजरकोटमा तीन, इलाममा दुई, बझाङमा दुई, बारामा दुई, रौतहटमा एक, महोत्तरीमा ३९, खोटाङमा तीन, धनुषामा चार, सर्लाहीमा चार, सप्तरीमा १ सय ५४ र भोजपुरमा एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।

विषयगत आधारमा भने अंगेजी एक, गणित ६७, नेपाली चार, विज्ञान १४, सामाजिक पाँच, ऐच्छिक गणित ७१, अर्थशास्त्र १३, जनसंख्या सात, वातावरण विज्ञान २, स्वास्थ्य शारिरिक ३, प्राविधिक विषय ७ र सबै विषयको २६ जनाको परीक्षा रद्द भएको हो ।

गत चैत १५ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ४२ हजार ३ सय १३ जना मात्रै परीक्षामा उत्तीर्ण भएका छन् ।

२ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीको ननग्रेड आएकोमा दुई विषयमा एनजी हुने विद्यार्थीको संख्या १ लाख १५ हजार ८ सय ३४ रहेको छ । यी विद्यार्थी आगामी साउन १८ र १९ गते हुने मौका परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।