Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने

१४ बिहिबार , असार २०८१४ महिना अगाडि

ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने

आज एसइई परीक्षाको नतिजा सार्वजनिक भएसंगै ग्रेड वृद्धि परीक्षाको मिती तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गतेलाई तोकेको हो ।  

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको मिति तोकेको हो । आज सार्वजनिक नतिजा अनुसार १ लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड)आएको छ । जसमध्ये १ लाख १५ हजार ८ सय ३४ विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।

आज सार्वजनिक परीक्षाको नतिजा अनुसार ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थीको दुई विषयमा एनजी आएको बताईएको छ ।