Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एसइई परीक्षाको नतिजा सार्वजनिक

१४ बिहिबार , असार २०८१४ महिना अगाडि

एसइई परीक्षाको नतिजा सार्वजनिक

२०८० चैत्र १५ गते देखि २७ गतेसम्म सञ्चालित एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ । परिक्षामा ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थी सहभागी भएका मध्ये ४७.८६ प्रतिशत विद्यार्थी परिक्षामा उतिर्ण भएका छन् ।

जसमा ३.६० देखि ४ जीपीए (ए प्लस) ल्याउने परीक्षार्थीको कुल संख्या ३१ हजार २०९ रहेको छ । त्यस्तै  ६८ हजार २५६ जनाले ३.२० देखि ३.६० जीपीए (ए) ल्याएका छन् भने २.८० देखि ३.२० जीपीए (बी प्लस) ल्याउनेको संख्या ७८ हजार ८७४ रहेको छ । ४१ हजार १७७ जना परीक्षार्थीले २.४० देखि २.८० जीपीए (बी) ल्याएको छन् भने २ देखि २.४० जीपीए (सी प्लस) ल्याउने परीक्षार्थी हजार ९५० जना छन् भने ६ जनाको १.६० देखि २ जीपीए (सी) ल्याएको बोर्डले जनाएको छ ।

यस वर्षको परिक्षामा १८६ जनाले ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी मध्ये २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने बताएको छ ।  

त्यस्तै परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएको बताईएको छ । बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन गरिएको बताईएको छ ।

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।