Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनकपुरधामदेखि अयोध्यासम्मको रेल सेवा सञ्चालन अन्तिम चरणमा

१४ बिहिबार , असार २०८१४ महिना अगाडि

जनकपुरधामदेखि अयोध्यासम्मको रेल सेवा सञ्चालन अन्तिम चरणमा

नेपालको एकमात्र रेल सेवा मधेश प्रदेशको राजधानी जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालको जनकपुरधामदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्यासम्मको रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो ।

प्रत्येक शनिबार दिनको १:३० बजे रेल सेवा जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर भोलिपल्ट बिहान ७:३० बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको बताईएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेको र सोहीअनुसार सेवा सुचारु गरिने बताउदै उद्घाटनको समय तालिका मिलाउन लागिएको बताएका छन् ।

यसअघि विसं २०७८ चैत २० गतेदेखि जयनगर–कुर्थासम्म संचालन गरिएको रेलसेवा विगत एक वर्षदेखि महोत्तरीको भङ्गाहासम्म सञ्चालन हुँदै आएको छ भने छिटै जनकपरधामबाट अयोध्यासम्म संचालन गरिने तयारी रहेको छ ।