Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मनसुनसंगैकाे विपदजन्य घटनामा १४ जनाकाे मृत्यु

१४ बिहिबार , असार २०८१४ महिना अगाडि

मनसुनसंगैकाे विपदजन्य घटनामा १४ जनाकाे मृत्यु

भर्खरै भित्रिएकाे मनसुनसंगैकाे विपदजन्य घटनामा परि १४ जनाको मृत्यु भएको छ । असार १२ गते बुधबार मात्रै विभिन्न जिल्लामा ४४ वटा विपदजन्य घटना भएकाे र उक्त घटनामा १४ जनाको मृत्यु हुनुका साथै ई जना बेपत्ता भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।

घटनामा १० जना घाइते भएका छन भने उक्त विपदजन्य घटनाले १९ लाखभन्दा बढी आर्थिक क्षति भएको प्राधिकरणका प्रवक्ता उपसचिव डा. डिजन भट्टराईले जानकारी दिएका छन् । हालसम्म पहिरोबाट ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

त्यस्तै विभिन्न स्थानमा चट्याङबाट ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । त्यसैगरी बाढीबाट १ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएकाे र १ जना घाइते छन् ।