Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कर्मचारी युनियनकाे बहुउद्देश्यीय सहकारीको दर्ता खारेज हुँदै

१४ बिहिबार , असार २०८१२ बर्ष अगाडि

कर्मचारी युनियनकाे बहुउद्देश्यीय सहकारीको दर्ता खारेज हुँदै

काठमाडौं महानगरपालिका वडा नम्बर, २८ मा रहेको स्थानीय तह कर्मचारी युनियन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दर्ता खारेज हुने भएको छ । सहकारी आफैंले दर्ता खारेजी स्वीकृतिका लागि महानगरपालिकामा निवेदन दिएको थियाे ।

सोहीअनुरुप आवश्यक प्रक्रिया अघि बढाइएको महानगरले जानकारी दिएको छ । महानगरले आज सूचना प्रकाशित गर्दै उक्त सहकारीले कुनै व्यक्ति वा संस्थालाई भुक्तान गर्नुपर्ने दायित्व वा उठाउनुपर्ने ऋण बक्यौता तथा फुकुवा गर्नुपर्ने धितो भएमा सम्पर्कमा आउन आग्रह गरेको छ ।

त्यस्ता व्यक्ति वा संस्थाले महानगरको सहकारी विभागमा आगामी पन्ध्र दिनभित्र सम्पर्क गरिसक्नुपर्ने जनाइएको छ । सूचनामा उल्लेख छ, ‘स्थानीय तह कर्मचारी युनियन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, काठमाडौंले कुनै व्यक्ति तथा संस्थालाई भुक्तान गर्नुपर्ने दायित्व वा कुनै व्यक्ति वा संस्थासँग उठाउनुपर्ने ऋण बक्यौता तथा फुकुवा गर्नुपर्ने धितो भएमा यसै सूचनालाई आधार मानी प्रकाशित भएको मितिले १५ दिनभित्र त्यस्ता व्यक्ति वा संस्थाले महानगरको सहकारी विभागमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।’

महानगरले सहकारी संस्था खारेजीपश्चात् उक्त सहकारी संस्थासँग सम्बन्धित कुनै पनि दाबी विरोधको जिम्मेवारी वहन गर्न नसक्ने पनि स्पष्ट पारेको छ ।