Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान

१३ बुधबार , असार २०८१२ बर्ष अगाडि

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन मागेको हो ।

विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा २२ बमोजिम योग्यता पुगेको हुनुपर्ने मन्त्रालयले जनाएको छ । त्यस्तो योग्यता पुगेका व्यक्तिले आगामी २१ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा दरखास्त दिन सक्नेछन् ।

साथै, आवश्यक योग्यता, अनुभव, पेश गर्नुपर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा राखिएको जानकारी दिइएको छ । यस सम्बन्धमा थप बुझ्रनु परेमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा समेत सम्पर्क गर्न सकिनेछ ।