Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विश्वभाषा क्याम्पसमा विभिन्न भाषा पढ्न भर्ना खुल्ला

१३ बुधबार , असार २०८१४ महिना अगाडि

विश्वभाषा क्याम्पसमा विभिन्न भाषा पढ्न भर्ना खुल्ला

त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसले विभिन्न भाषाका लागि नयाँ भर्ना खुलाएको छ । प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जर्मन, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्र प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरुको नयाँ भर्ना खुलाएको हो ।

क्याम्पसले एक सूचना जारी गर्दै कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । यही असार १७ गतेदेखि २६ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ । अंग्रेजी लेखनबाहेक सबै भाषाको लागि एसएलसी वा एसईईमा कम्तीमा ‘सी’ ग्रेड प्राप्त वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ ।

अंग्रेजी लेखनको लागि भने त्रिविबाट स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । क्याम्पसले आवेदन फाराम दर्ता गर्न आउँदा अनिवार्य रुपमा सक्कल प्रमाणपत्र देखाई प्रतिलिपि रुजु गराउनुपर्ने पनि बताएको छ ।

त्यस्तै, अंग्रेजी र नेपाली भाषाबाहेक अन्य भाषाका लागि शिक्षक र अनुवादकहरु आवश्यक भएकोले इच्छुक व्यक्तिहरुलाई क्याम्पस प्रशासनमा सम्पर्क गर्न समेत भनिएको छ । वर्षे सत्र आउँदो साउन १४ गतेदेखि सञ्चालन हुने क्याम्पसले जनाएको छ ।