Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

परीक्षा बोर्डको बैठक बस्दै, एसईईकाे नतिजा बारे निर्णय हुने

१३ बुधबार , असार २०८१४ महिना अगाडि

परीक्षा बोर्डको बैठक बस्दै, एसईईकाे नतिजा बारे निर्णय हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई)काे नतिजा बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । नतिजाहरूको अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेकाे र सकिए लगतै नतिजा प्रकाशन गर्ने तयराी रहेकाले बाेर्डकाे बैठक बस्न लागेकाे हाे ।

आज बैठक बस्न लागेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । एसईईको नतिजा आज आउने सम्भावना भने न्यून रहेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताएका छन् । प्राविधिक कार्य नसकिएकाले आज नतिजाको सम्भावना कम देखिएको उनको भनाइ रहेकाे छ ।

त्यस्तै प्राविधिक काम नसकिएको र त्यो काम सम्पन्न भएको खण्डमा आजै नतिजा प्रकाशनबारे निर्णय गरिने बताइएकाे छ ।