Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपाल आइडल सिजन ५ का बिजेता परियारलाई प्रधानमन्त्रीद्धारा गितार पुरस्कार

१३ बुधबार , असार २०८१२ बर्ष अगाडि

नेपाल आइडल सिजन ५ का बिजेता परियारलाई प्रधानमन्त्रीद्धारा गितार पुरस्कार

हालसालै मात्र नेपाल आइडल सिजन ५ का विजेता बनेका करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहालबाट गितार पुरस्कार पाएका छन् । बुधवार बिहान प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका परियारले गितार पुरस्कार पाएका हुन् ।

करण परियार प्रधानमन्त्रीकै निम्तामा बालुवाटार पुगेकाे र उनलाई त्यहाँ बधाई तथा शुभकामना दिएकाे थियाे । बधाई तथा शुभकामना दिँदै साेही अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

परियारसँगकाे भेटमा प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुखमा आफू साथमै रहेको बताएका थिए । 

परियार सामान्य परिवारबाट गायन क्षेत्रमा प्रवेश गरेका हुन भने उनकाे स्वरको चाैतर्फी तारिफ हुँदै आएको छ ।