Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

विद्यालयको फोहोर सडकमा, महानगरले तिरायो जरिवाना

१३ बुधबार , असार २०८१२ बर्ष अगाडि

विद्यालयको फोहोर सडकमा, महानगरले तिरायो जरिवाना

पर्साको वीरगञ्ज महानगरपालिकाले सडकपेटीमा फोहोर फाल्ने एक विद्यालयलाई कारबाही गरेको छ । वडा नम्बर १२, मा रहेको काडम्बरी एकेडेमी स्कुललाई सडकपेटीमा फोहोर फालेको भन्दै महानगरले जरिवाना तिराएको हो ।

स्कुललाई कारबाहीस्वरुप पाँच हजार रुपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ । महानगरले अन्य दुई जनालाई पनि कारबाही गरेको बताएको छ । घरबाट निस्किएको फोहोर सडकमा फालेका स्थानीय सुनिलप्रसाद रौनियार र आश्मा खातुनालाई एक÷एक हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

उनीहरुलाई यस्तो कार्य नदोहोर्याउन पनि सचेत गराइएको छ । महानगरले पछिल्लो समय सडकपेटीमा फोहोर फाल्नेमाथि तीव्र रुपमा कारबाही गर्दै आएको छ ।