Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम ‘सर्ट लिस्ट’ मा

१२ मंगलबार , असार २०८१४ महिना अगाडि

प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम ‘सर्ट लिस्ट’ मा

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम ‘सर्ट लिस्ट’ मा परेको छ । कार्यकारी निर्देशक छनौट उपसमितिको सचिवालयले आवेदन दिएकामध्ये प्रस्तुतीकरण र अन्तवार्ताका लागि वर्णानुक्रमानुसार ६ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।

जसमा उमेशकुमार मिश्र, गुणानन्द झा, निर्मलकुमार उप्रेती, पंकजकुमार दास, रमेशकुमार बखती र राजनप्रसाद श्रेष्ठ परेका छन् । सर्ट लिस्टमा परेका उनीहरुले अब आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ ।

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा यही असार २५ र २६ गतेको समय तालिका निर्धारण गरिएको छ । व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तवार्तामा उपस्थित हुँदा आवश्यक न्यूनतम योग्यता तथा अनुभव प्रमाणित हुने सक्कल कागजात साथमा लिई तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित हुनुपर्ने जनाइएको छ ।