Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एमालेका उपमहासचिव रिमालको जम्बो टोलि चीन भ्रमणमा

१२ मंगलबार , असार २०८१४ महिना अगाडि

एमालेका उपमहासचिव रिमालको जम्बो टोलि चीन भ्रमणमा

आज नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको जम्बो टोलि चीन भ्रमणमा जाने भएको छ । उपमहासचिव रिमाल नेतृत्वको ३० सदस्यीय जम्बो टोली चीन भ्रमणमा जान लागेका हो ।

चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमालेका नेताहरु १० दिने चीन भ्रमणमा जान लागेको बताईएको छ । भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिङसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ।

चीन भ्रमणमा जाने प्रतिनिधिमण्डललाई अध्यक्ष केपी शर्मा ओलीले आवश्यक निर्देशनसहित सोमबार विदाइ गरेका थिए । रिमाल नेतृत्वको भ्रमण टोलिमा नेताहरू भानुभक्त ढकाल, सुजिता शाक्य, विनोद श्रेष्ठ, ​लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, इन्दिरादेवी गौतम, तथा सांसदहरू महेश बस्नेत, सरस्वती सुब्बा र मधेश प्रदेशका अध्यक्ष चन्द्रेश्वर मण्डललगायत रहेका छन् । टोलीले चीनको बेइजिङसहित विभिन्न प्रान्तको भ्रमण गर्ने बताईएको छ ।