Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चट्याङ लागेर झापामा दुई जनाको मृत्यु

१२ मंगलबार , असार २०८१४ महिना अगाडि

चट्याङ लागेर झापामा दुई जनाको मृत्यु

झापामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरीको मृत्यु भएको हो ।  

आज विहान चट्याङले लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिएका छन् । बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर घाइते भएका राजन खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै मृत्यु भएको थियो ।

त्यस्तै विकास गिरीलाई पनि खेतमा काम गर्दै गर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दले जानकारी दिएका छन् ।