Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काठमाडौंमा मेलम्चीको पानी पथान्तरण बन्द

१२ मंगलबार , असार २०८१४ महिना अगाडि

काठमाडौंमा मेलम्चीको पानी पथान्तरण बन्द

मनसुन सुरु भएसंगै अत्याधिक वर्षा हुन थालेपछि मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । मेलम्चीमा अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो ।  

वर्षा सुरु भएपछि वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको छ भने मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् । आइतबार रातिदेखिको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको र बाढी आएसँगै त्यहाँका स्थानीयहरू बाढीको त्रासमा रात कटाइरहेको बताईएको छ ।

आइतबार रातिदेखि मेलम्चीमा निरन्तर वर्षा भइरहेको छ । निरन्तरको वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको छ । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समेत समस्या भएको छ ।

यसअघि २०७८ सालको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुलले जोडेको थियो । उक्त पुल बगाएसँगै आवतजावतमा असहज भएको बताईएको छ ।