Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पोखरा महानगरपालिकाद्धारा ७ अर्ब ५१ करोड भन्दा बढी बजेट सार्वजनिक

१२ मंगलबार , असार २०८१४ महिना अगाडि

पोखरा महानगरपालिकाद्धारा ७ अर्ब ५१ करोड भन्दा बढी बजेट सार्वजनिक

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड भन्दा बढी बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले हिँजो ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

पोखरा महानगरपालिकाको उपप्रमुख मञ्जुदेवी गुरुङले हिँजो १५ औँ नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षमा ७ अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि झन्डै ३६ करोड १७ लाख ६७ हजार बढीको बजेट रकम सार्वजनिक गरिएको छ ।

महानगरपालिकाको बजेटमा संघीय सरकारको अनुदानबाट ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार, संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८३लाख ६१ हजार, रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार स्रोत व्यवस्था हुने उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि महानगरपालिकाले नगर विकास कोषबाट ऋण स्वरूप ४ करोड ४८ लाख ८० हजार रुपैयाँ लिइने बजेटमा उल्लेख गरिएको छ । त्यस्तै महानगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा बिशेष जोड दिएर बजेट ल्याएको बताईएको छ ।