Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एसईईको नतिजा केही दिनमै, यसरी हेर्न सकिनेछ

११ सोमबार , असार २०८१४ महिना अगाडि

एसईईको नतिजा केही दिनमै, यसरी हेर्न सकिनेछ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा प्रकाशन गर्न लागेको हो ।

यसपटक पनि एसईईको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित गरिने बोर्डले जनाएको छ । साथै, नतिजा प्रकाशनका लागि पाँच वटा संस्थाले अनुमति पाएका छन् ।

नेपाल टेलिकम, स्विफ्ट टेक्नोलोजी प्रालि, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि र आकाश टेक प्रालिले एसईईको नतिजा प्रकाशनका लागि अनुमति पाएका हुन् । यस्तै, दश वटा बेवसाइटबाट पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

बोर्ड र सोअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम, स्विफ्ट टेक्नोलोजी प्रालि, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेशन, खल्ती प्रालि, इसेवा लिमिटेड, फोनिक्स एजुकेशन फाउण्डेशन र एनसेल आजियाटा लिमिटेडको वेबसाइटबाट पनि एसईईको नतिजा हेर्न सकिने छ ।

गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए ।