Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कृषि सामग्रीको स्वतन्त्र सञ्चालक खुला प्रतिस्पर्धाबाट

११ सोमबार , असार २०८१४ महिना अगाडि

कृषि सामग्रीको स्वतन्त्र सञ्चालक खुला प्रतिस्पर्धाबाट

कृषि सामग्री कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको हो ।

कम्पनीको प्रधान कार्यालय, कुलेश्वरमा आगामी सात दिनभित्र गोप्य सिलबन्दी आवेदन पेश गर्न भनिएको छ । निर्धारित मिति र समयभित्र प्राप्त हुन नआएको तथा रीत नपुगेको दरखास्त स्वीकृत नहुने स्पष्ट पारिएको छ ।

त्यस्तै, दरखास्त आह्वानसँग सम्बन्धित विस्तृत विवरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाईटबाट हेर्न वा अन्य थप जानकारीका लागि कृषि सामग्री कम्पनी लिमिटेडमा सम्पर्क गर्न सकिने जनाइएको छ ।