Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज स्थानीय तहहरूले बजेट सार्वजनिक गर्दै

११ सोमबार , असार २०८१४ महिना अगाडि

आज स्थानीय तहहरूले बजेट सार्वजनिक गर्दै

मुलुकभरका ७५३ वटै स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । यसअघि केही स्थानीय तहले आर्थिक वर्षकाे बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था भएबमाेजिम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार आर्थिक वर्ष २०८१/८२ काे बजेट सार्वजनिक गर्न लागिएकाे हाे ।  

यसअघि ७५३ मध्ये ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशमा १४ लुम्बिनीका ३, सुदूरपश्चिम प्रदेशका तीन तथा कर्णालीका प्रदेशको १ स्थानीय तहले बजेट पेस गरेका छन् ।

आज ३८ स्थानीय तह बाहेक बाँकी ७१५ स्थानीय तहले बजेट पेस गर्ने र असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेकाे छ ।