Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आफूखुसी गैरहाजिर १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

११ सोमबार , असार २०८१२ बर्ष अगाडि

आफूखुसी गैरहाजिर १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीले सम्पर्कविहीन एक दर्जनबढी कर्मचारीको खोजतलास सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना निकालेर बिदा स्वीकृत नगराई गैरहाजिर रहेका विभिन्न दर्जाका १३ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।

विभिन्न मितिमा काम छाडेका उनीहरुलाई पटक–पटक सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएपछि प्रहरी मुख्यालयले आज पुनः सूचना जारी गर्दै चितबुझ्दो स्पष्टीकरणसहित आगामी सात दिनभित्र हाजिर हुन भनेको छ ।

स्पष्टीकरण सोधिनेमा प्रहरी सहायक निरीक्षक अरुण तामाङ, सहायक हवल्दार मानबहादुर विक र धनबहादुर गुरुङ, जवान सुरेश खड्का, डिल्लु अधिकारी, करन सार्की, ललिता थापा, नविनबहादुर बुढा, रामकिसुन यादव, बलबहादुर सार्की, मनिषकुमार झा छन् ।

त्यस्तै, प्राविधिक जवान राहुलकुमार महतो र अमृत कुँवरलाई पनि स्पष्टीकरण सोधिएको छ । तोकिएको समयमा सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड (च) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) ९१० बमोजिम सेवाबाट हटाउने चेतावनी दिइएको छ ।