Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

माछा मार्न गएका शिक्षकको बाढीमा परि मृत्यु

१० आइतबार , असार २०८१४ महिना अगाडि

माछा मार्न गएका शिक्षकको बाढीमा परि मृत्यु

जाजरकोटमा खोलामा माछा मार्न गएका एक जना शिक्षकको बाढीमा परि मृत्यु भएको छ । जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका शिक्षक इन्द्रबहादुर रोकायको बाढीमा परि मृत्यु भएको हो ।

शनिबार राति करिब ११ बजेको समयमा खोलामा माछा मारिरहेको बेला भारी वर्षाका कारण आएको बाढीले शिक्षक रोकायको मृत्यु भएको र अन्य ६ जना घाइते भएको बताईएको छ । घाइतेको उद्धार गरिएको कुशे गाउँपालिकाको उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिएकी छन् ।

बाढीमा मृत्यु भएका शिक्षक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक भएको बताईएको छ । उक्त बढीमा परि कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही,  पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका हुन् ।