Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

धनुषामा २१ जोडीको दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

१० आइतबार , असार २०८१४ महिना अगाडि

धनुषामा २१ जोडीको दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

धनुषा जिल्लाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिक विवाह गरेका छन् । आश्रममा २१ जोडीले सामूहिकरुपमा दाइजोमुक्त अन्तरजातीय विवाह गरेका हुन् ।

धनुषा जिल्लाको सन्त रामपालको उक्त आश्रममा कबिर परमेश्वरको ६२७औँ प्रकट दिवसको अवसरमा २१ जोडीले सामूहिक अन्तरजातीय विवाह गरेको बताईएको छ । गुरुवाणीद्वारा २३ करोड देवीदेवताको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमा सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिएका छन् ।

कबिर जयन्तीका अवसरमा प्रत्येक वर्ष मनाइने ‘कबिर परमेश्वर प्रकट दिवस’ यही असार ६ गतेदेखि ८ गतेसम्म तीन दिवसीय अखण्ड पाठ तथा भण्डारा कार्यक्रम आयोजना गरिएको थियो । असार ६ गते पाठ प्रकाश गरी भण्डाराको प्रारम्भ गरिएको उक्त दिवसमा दोस्रो दिन दाइजोमुक्त सामूहिक विवाहलगायत विभिन्न किसिमका समाज सुधारका कार्यक्रम भएका थिए ।

कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंहलगायत प्रदेशका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको उक्त दिवसमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।