Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यसवर्षको एसइई परिक्षा चैत ७ गतेदेखि हुने

१० आइतबार , असार २०८१४ महिना अगाडि

यसवर्षको एसइई परिक्षा चैत ७ गतेदेखि हुने

२०८१ सालको यसवर्षको एसइई परिक्षा चैत ७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार पारेर उक्त जानकारी गराएको हो ।  

बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि छुट्टै क्यालेन्डर तयार पारेको छ । क्यालेन्डरको नयाँ तालिका अनुसार यस वर्षको एसइई २०८१ चैत ७ गतेदेखि सञ्चालन हुनेछ । त्यस्तै सार्वजनिक कार्यतालिका अनुसार परीक्षाको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने बताईएको छ ।

राष्ट्रिय परीक्षा बोर्डकाले कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाइ र वितरण २०८१ कात्तिक १ गतेदेखि कात्तिक मसान्तसम्म गर्ने र कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउन २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म समय निर्धारण गरेको छ ।

यसअघि एसइई परिक्षा सञ्चालन हुनुभन्दा एक/दुई महिनाअघि मात्रै परीक्षाको तालिका सार्वजनिक हुने गरेको थियो ।