Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

१० आइतबार , असार २०८१४ महिना अगाडि

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

गए रातिदेखिको अविरल वर्षाका कारण डुम्रे-बेँसीसहर सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । उक्त सडक खण्डको बेँसीसहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

यसअघि यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको उक्त सडक खण्डमा पुनः अहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछी बाटोमा सयौं यात्रु अलपत्र परेका

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईंले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताएका छन् । सडक अवरुद्ध भएपछि लमजुङबाट काठमाडौं,पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने सवारी बन्द भएको बताईएको छ ।