Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

१० आइतबार , असार २०८१४ महिना अगाडि

देशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेकाले भारी वर्षाको सम्भावना रहेको हो ।  

उक्त प्रदेशहरुमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी, मधेश, बागमती र गण्डकी र मनसुनी प्रणालीको प्रभाव र केहि स्थानमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव  ।

बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताईएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।

त्यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।